PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

नेपालका तीन तेक्वान्दो खेलाडी युरोपियन पुम्से च्याम्पियनसिपको सेमिफाइनलमा



पहिलोपोस्ट

नेपालका तीन तेक्वान्दो खेलाडी युरोपियन पुम्से च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौ: पछिल्लो समय खेलकुदका गतिविधि कोरोनाका कारण प्रभावित छन्। तर, तेक्वान्दोको एक प्रतियोगिता भने चलिरहेको छ।

पहिलो अनलाइन डेडो ओपन युरोपियन पुम्से च्याम्पियसिपमा ५ जना नेपाली खेलाडीहरुले पनि सहभागिता जनाएका छन्। जसमा ३० वर्ष मुनीको उमेर समूहमा १३ औं सागका पदकधारी खेलाडीहरु कमल श्रेष्ठ, जित बहादुर बोटे र प्रेम बहादुर लिम्बु सेमिफाइनलमा प्रवेश गरेका छन्।

त्यस्तै नेपालबाट सहभागी २ खेलाडी बाहिरिएका छन्। सेमिफाइनलको खेल आज २ बजे हुने सहभागी खेलाडीसमेत रहेका लक्ष्मण ऐर क्षत्रीले बताए।

प्रतियोगिताका लागि खेलाडीहरुले भिडियो पठाएका थिए।

प्रतियोगितामा सहभागिता जनाएका खेलाडी लक्ष्मण ऐर क्षत्रीले इन्डिभिज्वलमा सहभागी हुने किसिमले लकडाउनको समयमा पनि अभ्यास गरेको बताए। प्रतियोगितामा ७२ देशका १२५४ खेलाडीको सहभागिता रहेको छ। ४ मे बाट शुरु भएको प्रतियोगिता १० मे मा सकिनेछ।

'एउटा म्याचका लागि दुईवटा भिडियो बनाएको थियौं। दुईवटा पुम्से,' ऐरले प्रतियोगिताबारे जानकारी दिँदै भने, 'प्रिलिमेनरी सेमिफाइनल र फाइनलको गरेर दुईवटा पुम्सेको एउटा भिडियोलाई युट्युव लिंकमा राखेर ६ वटा पुम्सेको ३ वटा भिडियो २८ अप्रिल अघि नै पठाएका थियौं। त्यसकै आधारमा मुल्याङकन हुने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell