PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

२ सय १२ सांसदसहित ४ सय ३४ जना संसद भवन छिर्न योग्य



रासस

२ सय १२ सांसदसहित ४ सय ३४ जना संसद भवन छिर्न योग्य

काठमाडौं : सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। यससँगै उनीहरु आजबाट सुरु हुने संसद बैठकका लागि योग्य भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीवार परीक्षण गराएका सबै ४ सय ३४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुन्। उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिएको थियो।

आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ। कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको थियो।

महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीवार परीक्षण नभएका सांसदको आज परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell