PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

११ जनाको ज्यान लिने प्लान्टबाट ५ किलोमिटरसम्म उठाइयो बस्ती, कम्पनीविरुद्ध मुद्दा



पहिलोपोस्ट

११ जनाको ज्यान लिने प्लान्टबाट ५ किलोमिटरसम्म उठाइयो बस्ती, कम्पनीविरुद्ध मुद्दा

चेन्नई : भारतीय प्रहरीले एलजी केम सब्सिडरीविरुद्ध विषालु ग्यास लिक भएको प्रकरणमा मुद्दा दायर गरेको छ। हिजो बिहान उक्त कम्पनीको फ्याक्ट्रीबाट ग्यास चुहिँदा ११ जनाको ज्यान गएको थियो भने हजारभन्दा बढी मानिस विरामी भएका थिए।

प्रहरीले आन्द्र प्रदेशमा रहेको उद्योगको ५ किलोमिटर वृत्ताकार क्षेत्रलाई खाली गराएको छ। ग्यास लिक भएको भोलिपल्ट सरकारले यस्तो कदम चालेको हो। करिब ८ सय स्थानीय अझै पनि अस्पतालमा रहेका छन्।

एलजी केमको सब्सिडरी कम्पनी एलजी पोलिमर्सविद्ध प्रहरीले दायर गरेको मुद्दामा व्यवस्थापनले जोखिमका विभिन्न क्षेत्रलाई नजरअन्दाज गरेको उल्लेख छ। विषादीको व्यवस्थापन जसरी हुनुपर्ने हो नभएको भन्दै मुद्दामा प्रहरीले सम्भावित जरिवानासहित उल्लेख गरेको छ।

उद्योगले भने प्रहरीको रिपोर्टलाई लिएर अहिलेसम्म मुख खोलेको छैन।

प्रहरीले बिहीवार भएको घटनाको कारण गाउँ खाली गराएको हो या बढ्दो गर्मीमा फेरि विषालु ग्यास निस्कने सम्भावना भएर हटाइएको हो खुलेको छैन। यद्यपि कम्पनीले शुक्रवार उक्त प्लान्टबाट दोस्रो पटक लिक हुने सम्भावनालाई नकारेको छ।

'एलजी केमले प्रहरीलाई स्थानीयको बस्ती हटाउन आग्रह गरेको हो ता कि मानिसहरुमा असर नपरोस्। उनीहरु गर्मीका कारण यहाँको ट्याङ्की तात्ने भयमा छन्,' दक्षिण कोरियाको ठूलो पेट्रोकेमिकल निर्माता कम्पनीले वक्तव्य जारी गर्दै भनेको छ, 'हामीले आवश्यक सबै प्रकृया अगाडि बढाएका छौं, ट्याङ्कीमा पानी हाल्नेसमेत।'

बिहीवारको दुर्घटना लगत्तै एलजी केमको सेयर मूल्यमा सुरुवाती कारोबारमा २.४ प्रतिशतले गिरावट आएको छ।

भारत सरकारले घटनाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell