PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

ऋतिक रोशनले ड्युटीमा खटिएका प्रहरीलाई पठाए स्यानिटाइजर



पहिलोपोस्ट

ऋतिक रोशनले ड्युटीमा खटिएका प्रहरीलाई पठाए स्यानिटाइजर

कोरोनाको महामारीले लकडाउन चलिरहँदा चर्चित बलिउड अभिनेता ऋतिक रोशनले प्रहरीलाई स्यानिटाइजर दिँदै आभार प्रकट गरेका छन्।

विभिन्न बलिउड अभिनेताहरु पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहँदा रोशनले मुम्बई पुलिसलाई स्यानिटाइजर उपलब्ध गराएका हुन्।

'ड्युटीमा खटिएका मुम्बइ पुलिसका लागि ह्यान्ड स्यानिटाइजर पठाएकोमा अभिनेता रोशनलाई धन्यबाद,' मुम्बई पुलिसको ट्वीटर ह्यान्डलमा लेखिएको छ, 'हाम्रो फ्रन्टलाइनका योद्दाहरुको सुरक्षाका लागि सामाग्री पठाउनु भएकोमा हामी तपाईंको आभारी छौं,।'

ऋतिकले उक्त ट्वीटमा प्रतिकृया जनाउँदै आभार व्यक्त गरेका छन्।

यसअघि पनि उनले बिएमसी वर्करका लागि एन ९५ र एफएफपी ३ मास्क प्रदान गरेका थिए। त्यस्तै लकडाउनका कारण भोकमरी भोगिरहेकाहरुका लागि पनि खाना दिलाएका थिए।

भारतमा हाल ५६ हजारभन्दा बढी मानिस कोरोना सङक्रमित छन् भने झन्डै १९ सयको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell