PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

संसद सुरु गर्नुअघि राष्ट्रपति भेट्न सभामुख पुगे शीतलनिवास



पहिलोपोस्ट

संसद सुरु गर्नुअघि राष्ट्रपति भेट्न सभामुख पुगे शीतलनिवास

काठमाडौं: प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

आज अपरान्ह् चार बजेदेखि सुरु हुन लागेको संघीय संसदको छैंठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा छलफल गर्न सभामुख सापकोटा राष्ट्रपति कार्यालय शीतलनिवास गएको उनको सचिवालयले जनाएको छ।

भेटमा सभामुख सापकोटाले राष्ट्रपतिसँग चालु बर्षे अधिवेशन सञ्चालनका विषयमा छलफल गरेका थिए।

साथै राष्ट्रपति भण्डारीलाई कोभिड १९ का कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले गरेको दिशानिर्देश अनुसार संसदका बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell