PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको जीवनीमा आधारित फिल्म बन्ने, को हुन हिरो?



पहिलोपोस्ट

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको जीवनीमा आधारित फिल्म बन्ने, को हुन हिरो?

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जीवनीमा आधारित फिल्म बन्ने भएको छ। फिल्मको निर्माण लकडाउनपछि शुरु हुनेछ।

भोजपुरी सुपरस्टार दिनेश लाल यादव ‘निरहुआ’ले लकडाउनपछि मुख्यमन्त्री आदित्यनाथको जीवनमा आधारित फिल्म बनाउन लागेका हुन्। यतिमात्रै होइन आदित्यनाथको रोल पनि उनले नै निर्वाह गर्नेछन्। यो रोल निभाउनु आफ्नो लागि सौभाग्य भएको उनको भनाइ छ।

नवभारत टाइम्ससँगको कुराकानीमा भोजपुरी सुपरस्टार निरहुआले आगामी प्रोजेक्टबारे जानकारी गराएका थिए। जसमा लकडाउनपछि योगीको जीवनीमा आधारित फिल्मको काम शुरु गर्ने घोषणा गरेका हुन्।

'यो सौभाग्यको कुरा हो। योगी आदित्यनाथको जीवन यस्तो छ कि सबैले उनीबाट केही न केही सिक्नुपर्छ। एक महन्थबाट आज प्रदेशको मुख्यमन्त्रीसम्म उनको जीवन यात्रा सबैको अगाडि हुनुपर्छ’, उनले भनेका छन्, ‘यो मेरो लागि गर्वको कुरा हो कि म उनीमाथि फिल्म बनाउँदैछु र उनको भूमिका आफै निभाउँदै छु।‘

निरहुआले योगीको भूमिका निभाउन आफू पूर्ण रुपमा तयार रहेको पनि बताए। कपाल मुण्डल गरेर योगी बन्ने र फिल्मलाई एक नयाँ उचाईंसम्म लैजान चाहेको उनको भनाइ छ। यसबाट सबै मानिसले योगी आदित्यनाथको जीवन संघर्षबारे जान्न सक्ने उनले दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell