PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सांसद अपहरणमा सरकार नै संलग्न हुनु दुर्भाग्यपूर्ण भन्दै दोषीलाई कारवाही गर्न कांग्रेस सभापति देउवाको माग



पहिलोपोस्ट

सांसद अपहरणमा सरकार नै संलग्न हुनु दुर्भाग्यपूर्ण भन्दै दोषीलाई कारवाही गर्न कांग्रेस सभापति देउवाको माग
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिले शेरबहादुर देउवाले सांसद अपहरणमा सरकारको संलग्नता देखिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्। उनले दोषीलाई कारवाहीको मागसमेत गरे।

आजबाट सुरु भएको वर्षे अधिवेशनमा बोल्दै देउवाले सरकारको आलोचना गरेका हुन्। सरकार नै अपराधिक गतिविधिमा लागेको उनको आरोप थियो। देउवाले सरकारले नैतिक आधार गुमाएको टिप्पणीसमेत गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा सरकारले निम्न वर्गीमा रहेकालाई राहत नदिएको उनको आरोप थियो। उनले सरकारले राहत पनि नदिएको र श्रमिकलाई घर जान पनि नदिएको आरोप लगाए।

पर्याप्त सामानका वावजुद स्वास्थ्यकर्मीले गरेको कामको प्रशंसा गरे उनले।

कांग्रेसले कोरोना रोकथाममा सरकारलाई हरसम्भव सहयोग गरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell