PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

इरफान खानको नाममा दीपिकाको भावुक नोट, 'यादहरुलाई मनमा बसाउन देउ'



पहिलोपोस्ट

इरफान खानको नाममा दीपिकाको भावुक नोट, 'यादहरुलाई मनमा बसाउन देउ'

बलिउड अभिनेत्री दीपिका पादुकोणले चलचित्र पिकुमा सहकार्य गरेका इरफान खानलाई सम्झँदै पिकु चलचित्रमा रहेको भावुक नोट लेखेकी छिन्। खानको अघिल्लो हप्ता ‘न्युरो इन्डोक्राइन ट्युमर’ मृत्यु भएको थियो।

पादुकोणले खानसँग पाँचवर्ष अघि अभिनय गरेको चलचित्र पिकुको गीत र एउटा तस्बिर इन्स्टाग्राममा राखेकी छिन्। तस्बिरमा पादुकोण,खान र निर्देशक सोजित सिन्कार एउटा कपमा हेर्दै हासिरहेका देखिन्छन्।

उनले गीत 'लम्हे गुजर गए' को लिरिक्ससँगै अन्त्यमा खानलाई श्रद्दान्जली दिएकी छिन्।

पिकुमा पादुकोण एक बंगाली आर्किकेटको भूमिकामा देखिएकी छिन् जसको कथा भास्कर (अमिताभ बच्चन) को वरिपरी घुम्छ जसले उनको पिताको भूमिका निभाएका हुन्छन्। त्यस्तै इर्फान खानले क्याब कम्पनीको मालिक (राना चौधरी) को भूमिकामा देखिएका छन्। इरफानको मृत्यु भएको थाहा पाएसँगै दिपिकाले यसअघि एउटा 'ब्याकपोस्ट' गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell