PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

नेकपाका उपनेता सुवास नेम्वाङको प्रश्न : अपहरणको सत्य के हो? अधिवेशनमै जानकारी हुनुपर्छ



पहिलोपोस्ट

नेकपाका उपनेता सुवास नेम्वाङको प्रश्न : अपहरणको सत्य के हो? अधिवेशनमै जानकारी हुनुपर्छ
फाइल फोटो

काठमाडौं : नेकपाका उपनेता सुवास नेम्वाङले सांसद अपहरणको यथार्थ के हो आउनुपर्ने बताएका छन्। संसद अधिवेशनमा बोल्दै उनले भने, 'सांसद अपरणको कुरा भएको के हो? यथार्थ के हो? यही संसदमा संसद चल्दाचल्दै यथार्थ आउँछ भन्ने विश्वास छ।'

आफूहरु आपराधिक क्रियाकलापको पक्षमा नरहेको उनले प्रस्टिकरण दिए। उनले शान्ति प्रकियालाई टुंगोमा पुर्‍याएको घोषणा पनि यही अधिवेशनबाट गर्ने बताए।

उनले संसद अधिवेशनको प्राथमिकता कोरोना रहने बताए। उनले शुक्रवारबाट सुरु भएको संसदको बजेट अधिवेशनमा बोल्दै उनले कोरोनाले पुर्‍याएको क्षतिबारे सम्बोधन गर्नुपर्ने बताए। यस विषयमा संसदका राजनीतिक दल एक ठाउँमा उभिनेमा उनले विश्वास व्यक्त गरे।

'कोरोना अन्य देशमा भयावह देखिएको छ। नेपालमा धेरै फैलन पाएन। सरकारले समयमै लकडाउन लगाएकाले फैलन पाएन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell