PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

सुदूरपश्चिमकी पाँचौँ संक्रमितले ३५ दिनपछि जितिन् कोरोनाविरुद्धको युद्ध



एम बम

सुदूरपश्चिमकी पाँचौँ संक्रमितले ३५ दिनपछि जितिन् कोरोनाविरुद्धको युद्ध

कैलाली : धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छिन्। लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए।

३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमध्ये पछिल्ला दुईमा रिपोर्ट नेगेटिभ आएको हो।

उनीसँगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि नै डिस्चार्ज भइसकेका छन्। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण देखिएका सबै ठीक भएर घर फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell