PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

लकडाउनमा २२ सय ८० पास खोसिए, मापसे गरी सवारी चलाउने २३ कारबाहीमा



पहिलोपोस्ट

लकडाउनमा २२ सय ८० पास खोसिए, मापसे गरी सवारी चलाउने २३ कारबाहीमा

काठमाडौंः लकडाउनको समयमा जारी पासको दुरुपयोग गर्नेलाई प्रहरीले कारबाही गरिरहेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन सुरु भएयता २२ सय ८० जनालाई पासको दुरुपयोगमा कारबाही गरेको हो।

सडकमा खटिएका ट्राफिक प्रहरीले पासको दुरुपयोग भएको पत्ता लागेमा उनीहरूको पास खोस्ने तथा सवारीसाधन नियन्त्रणमा लिने गरेका छन्।' हामीलाई शंका लागेपछि अनुसन्धान गर्छौँ। पासको दुरुपयोग गरेको पाइए खोस्छौँ।' महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने।

अहिलेसम्म २२ सय ८० वटा पास प्रहरीले खोसिएको छ। लकडाउनको समयमा पास बिना सवारी चलाएमा प्रहरीले कारबाही गर्दै आएको छ। प्रहरीले यसरी चलेका सवारीसाधनलाई नियन्त्रणमा लिने गरेको छ। अहिलेसम्म २२ हजार ९२३ सवारीसाधन नियन्त्रणमा लिइएका छन्। नियन्त्रणमा लिइएका २२ हजार ८७९ वटा सम्बन्धित धनीलाई बुझाइएको छ भने ४४ वटा प्रहरीको नियन्त्रणमा नै छन्।

त्यस्तै लकडाउनमा प्रहरीले मापसे जाँच गरेको छैन। छड्केका क्रममा मापसे सेवन गरेर सवारी चलाउने २३ जना कारबाहीमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell