PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कोरोना संक्रमितको संख्या १०९ पुग्योः भुल्केमा तीन, कपिलवस्तुमा तीन र पर्सामा एक जना थपिए



पहिलोपोस्ट

कोरोना संक्रमितको संख्या १०९ पुग्योः भुल्केमा तीन, कपिलवस्तुमा तीन र पर्सामा एक जना थपिए

काठमाडौंः थप सात जनामा कोरोना संक्रमण देखिएको छ।

शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा थप सात जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।

संक्रमण देखिएकामध्ये तीन जना कोरोनाको हटस्पट भनिएको उदयपुर भुल्केका हुन्। १८, ४५ र ६४ वर्षीय महिला रहेको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै कपिलवस्तुका तीन जना छन्। जसमा १७ र दुई १८ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको हो। एक जना भने पर्सा छपकैया निवासी ६२ वर्षीय पुरुष हुन्। 

शुक्रवार बाँकेका एक १६ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको थियो। योसँगै संक्रमितको संख्या १०९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell