PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

इटालीमा कोरोना : मर्नेको संख्या ३० हजार नाघ्यो



पहिलोपोस्ट

इटालीमा कोरोना : मर्नेको संख्या ३० हजार नाघ्यो
Photo Credit : AFP

इटाली युरोपमा सर्वाधिक कोरोना संक्रमितको मृत्यु हुने देश बनेको छ। त्यहाँ हालसम्ममा ३० हजारभन्दा बढी मानिसले ज्यान गुमाएका हुन्।

जोन होप्किन्स युनिभर्सिटीका अनुसार शुक्रबार मात्र इटालीमा २ सय ४३ संक्रमितको मृत्यु भयो। लगत्तै त्यहाँ मृतकको संख्या ३० हजार २ सय १ पुगेको छ।

यहाँ फेब्रुअरीदेखि नै संक्रमित देखिन थालेका थिए। संक्रमणकै कारण मर्नेको संख्या ह्वात्तै बढेपछि इटालीले लकडाउन घोषणा गरेको थियो।

यसै साताको सुरुवातदेखि भने मृत्युदर र आइसियुमा बिरामीको संख्या घटेको भन्दै लकडाउन केही खुकुलो बनाइएको थियो। मास्कको प्रयोग र सामाजिक दूरी कायम राख्ने निर्देशनसहित व्यवसायिकस्थल, खेलकुद हुने ठाउँ, पार्कहरुमा केही चहलपहल देखिन थालेको थियो। एकै क्षेत्रका आफन्त भेट्न पनि अनुमति दिइएको थियो।

त्यहाँका क्याथोलिक चर्चहरु पनि मेको १८ तारिखदेखि खुल्ने तयारीमा रहेको बीबीसीमा जनाइएको छ

शैक्षिक संस्था, सिनेमाघर, पसल, सार्वजनिक जमघटहरुमा बन्देज नै लगाइएको छ। बार र रेस्टुरेन्ट पनि आगामी जुनसम्मका लागि बन्द नै रहनेछन्। 

हाल मिलानलाई ‘टाइम बम’को शहर भनिएको छ। किनकि यस शहर सबैभन्दा बढी प्रभावित छ। मिलान्स साक्को हस्पिटलको संक्रामक रोग विभागका प्रमुख मास्सिमो गल्लीले ला रिपब्लिका पत्रिकासँग भनेका छन्,’लकडाउन खुकुलो पार्नु तत्कालका लागि समस्या हो।‘

उनले संक्रमित बढ्दै गएको बताएका छन्।

२ लाख १७ हजार १ सय ८५ मानिस भाइरस संक्रमित छन्। जसमध्ये एक हजार ३२७ नयाँ केस हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell