
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५६ हजार नाघेको छ। त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट एक हजार ८ सय ८६ जनाको मृत्यु भइसकेको छ।
भारतमा सर्वाधिक प्रभावित राज्य महाराष्ट्र हो। त्यहाँ १७ हजार ९ सय ७४ जनामा संक्रमण देखिएको छ भने ६ सय ९४ संक्रमितको मृत्यु भइसकेको छ। संक्रमितमध्ये ३ हजार ३ सय १ जना उपचारपछि घर फर्किएका छन्।
त्यस्तै दोस्रो अति प्रभावित राज्य गुजरात हो। त्यहाँ ७ हजार १२ जनामा संक्रमण देखिएको छ। ४ सय २५ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्। १७ सय ९ जना कोरोना मुक्त भइसके।
राजधानी दिल्लीमा पनि करिव ६ हजारमा संक्रमण देखिएको छ। हालसम्म ५ हजार ९ सय ८० जना संक्रमित भए। जसमध्ये ६६ जनाको ज्यान गइसक्यो र १ हजार ९ सय ३१ जना कोरोना मुक्त भए।