चेन्नई : हुन्डाइ मोटर इन्डियाले उद्योग खुला गरेको पहिलो दिन श्रीपुरुमवुर प्लान्टमा २ सय वटा कार तयार पारेको छ। हिजोदेखि कम्पनीले सामाजिक दुरी कायम गर्दै उत्पादन सुरु गर्न थालेको हो।
मार्च २३ देखि उत्पादन ठप्प भएको कम्पनीले खुलेको पहिलो दिनमा नै २ सय कार तयार पारेको हो।