PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

नेपाली भूमि अतिक्रमण विरुद्ध सरकारले तुरुन्तै कदम चालोस् : नेकपा प्रवक्ता श्रेष्ठ



पहिलोपोस्ट

नेपाली भूमि अतिक्रमण विरुद्ध सरकारले तुरुन्तै कदम चालोस् : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको भूमि अतिक्रमणविरुद्ध सरकारले तुरुन्तै कदम चाल्नुपर्ने बताएका छन्।

भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैँले समेत विवादित भनेर स्वीकार गरेको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक बनाएर शुक्रवार उद्घाटन गरेकोमा उनको आपत्ति छ।

‘भारतले कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु,' उनले ट्विटमा भनेका छन्।

लडिरहेको अवस्थामा गरिएको  सरकारले तुरुन्त कदम चाल्नुपर्ने उनको भनाइ छ।

उनको माग छ, 'हामी सबै कोरोना विरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुद्ध सरकारले त कदम चालोस्।' भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण शुक्रवार उद्घाटन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell