PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

दूतावास अगाडिमात्र होइन, कालो झन्डा लिएर माइतीघरमा उत्रिएका विद्यार्थी पनि पक्राउ

दूतावास अगाडिमात्र होइन, कालो झन्डा लिएर माइतीघरमा उत्रिएका विद्यार्थी पनि पक्राउ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली भूमिबाट लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो बनाएको विषयलाई लिएर राजधानीमा आज विरोध प्रदर्शन जारी छ। भारतीय दूतावास अगाडि प्रदर्शनमा पुगेका सत्तारुढ दलका विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। त्यसैगरी माइतीघर मण्डलमा कालो झन्डा लिएर विरोधमा उत्रिएका विद्यार्थीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ।

दार्चुलामा भारतले नेपाली भूमिबाट चीनको तिब्बतमा रहेको तीर्थस्थल मानसरोबर जाने बाट बनाएको हो। हिजो भारतका गृहमन्त्री राजनाथ सिंहले यसको औपचारिक उद्घाटन गरेका हुन्। त्यसको विरोधमा आज विद्यार्थीहरु उत्रिएका थिए। हेर्नुस् माइतीघर मण्डलमा पक्राउ परेका विद्यार्थीहरु:



ट्रेन्डिङ पोस्ट

Ncell