PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

भारतमा ६० हजार छुँदैछ संक्रमितको संख्याले, एकै दिन थपिए ३३ सय २०



पहिलोपोस्ट

भारतमा ६० हजार छुँदैछ संक्रमितको संख्याले, एकै दिन थपिए ३३ सय २०

नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्याले ६० हजार छुनै लागेको छ। गएको २४ घन्टामा भारतमा थप ३ हजार ३ सय २० नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले आज बिहान जारी गरेको तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमितको संख्या ५९ हजार ६ सय ६२ पुगेको छ। विगत २४ घन्टामा ९५ जनाले ज्यान गुमाएका छन्।

आज बिहान ८ बजे स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना अनुसार भारतमा ३९ हजार ८ सय ३४ कोरोनाका एक्टिभ केस छ भने १७ हजार ८ सय ४७ जना ठीक भएर फर्किएका छन्।

विश्वभर अहिलेसम्म कोरोनाबाट ३९ लाख मानिस संक्रमित भइसकेका छन् भने २ लाख ७४ हजार ८ सय ९८ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell