PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

आरडीटी परीक्षण पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मीको टोली हेलिकप्टरमा डोल्पा



पी बी खड्का

आरडीटी परीक्षण पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मीको टोली हेलिकप्टरमा डोल्पा
गुगल म्याप

सुर्खेत : डोल्पामा एक जनामा आरडीटी टेस्टको रिपोर्ट पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मीको टोलीलाई हेलिकप्टरबाट डोल्पा पठाइएको छ ।

त्रिपुरा सुन्दरी नगरपालिका – ८ का ६२ वर्षीय एक पुरुषमा गरिएको र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि प्रदेश सरकारले आज स्वास्थ्यकर्मीको टोली डोल्पा पठाएको हो।

उनमा आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएसँगै अन्य पाँच जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि आवश्यक सामग्री सहित सुर्खेतबाट एक जना चिकित्सक र अन्य दुई जना ल्याबका प्राविधिक सहितको टोली हेलिकप्टरमा डोल्पा पुगेको हो। सुर्खेतबाट गएका तीन जना स्वास्थ्यकर्मी मध्ये दुई जना डोल्पा नै बस्ने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीले जानकारी दिइन् ।

‘एक जनामा आरडिटी टेष्टमा पोजेटिभ देखिएपछि एक चिकित्सकसहित दुई जना ल्याबका जानु भएको छ,’ उनले भनिन्, ‘स्वाब संकलन गरेर चिकित्सक हेलिकप्टरमै आज आउनुहुन्छ भने दुई जना डोल्पा नै बस्नुहुन्छ।’

वैशाख १२ गते नेपालगञ्जदेखि डोल्पा पुगेका उनलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ। आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि त्यहाँका स्थानीय त्रसित बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell