PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

८७ सांसदसहित थप २६१ जनाको कोरोना रिपोर्ट नेगेटिभ



पहिलोपोस्ट

८७ सांसदसहित थप २६१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँः संघीय संसद्का ८७ सदस्यसहित थप २६१ जनाको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ। संसद् अधिवेशन प्रारम्भसँगै सचिवालयको समन्वयमा सांसद्, कर्मचारी, सुरक्षाकर्मी लगायतको परीक्षण भएको थियो। 

पहिलो चरणमा बिहीबार स्वाब संकलन गरिएका ४४० जनाको पनि नतिजा नेगेटिभ आएको थियो। 

यस्तै, शुक्रबार ८७ सांसदसहित २६१ जनाको स्वाब संकलन गरिएको थियो। सबैको नतिजा नेगेटिभ आएको सचिवालयले जनाएको छ। 

शनिबार थप सात जना सांसदहरुको स्वाब संकलन गरिएको छ। अब २४ जना सांसदको परीक्षण बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell