PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

लिपुलेकमा भारतले सडक बनाएकोमा नेपालको आपत्ति, परराष्ट्रले भन्यो, ‘प्रधानमन्त्री तहमा भएको समझदारीको विरुद्धमा छ’ 



पहिलोपोस्ट

लिपुलेकमा भारतले सडक बनाएकोमा नेपालको आपत्ति, परराष्ट्रले भन्यो, ‘प्रधानमन्त्री तहमा भएको समझदारीको विरुद्धमा छ’ 

काठमाडौं : भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै सुगौली सन्धिमा महाकाली नदीको पूर्वक्षेत्र नेपालको भएको प्रस्टरुपमा उल्लेख गरिएको पनि स्मरण गराएको छ। एकपक्षीय कदम दुई देशका प्रधानमन्त्री बीचमा भएको समझदारीको विरुद्धमा भएको परराष्ट्रको भनाई छ। 

परराष्ट्रले विवादित भूभाग समेत समेटेर भारतले जारी गरेको राजनीतिक नक्साका विषयमा पनि कूटनीतिक नोट पठाएकोबारे पनि विज्ञप्तिमा जनाएको छ। विज्ञप्तिमा नेपाली भूभागमा कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरिएको छ। 

सीमा विवादलाई कूटनीतिक रुपमा ऐतिहासिक सन्धि, दस्तावेज तथा तथ्यका आधारमा समाधान गर्नुपर्ने पनि विज्ञप्तिमा जनाइएको छ। 

विज्ञप्तिमा नेपाल भारत प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदन कार्यान्वयन नै दुबै देशको हितमा रहेको जनाइएको छ। प्रतिवेदन बुझ्न नेपाल तयार रहेको पनि विज्ञप्तिमा जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell