PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कोरोना अपडेट : २४ घण्टामा १ हजार ७४२ को परीक्षण, सात जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

कोरोना अपडेट : २४ घण्टामा १ हजार ७४२ को परीक्षण, सात जनामा संक्रमण पुष्टि

काठमाडौं : सरकारले शनिवारसम्म ७२ हजारभन्दा बढीको कोरोना परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा ७२ हजार २ सय ३९ जनामा कोरोना परिक्षण गरिएको जानकारी दिए।

जसमध्ये पीसीआर विधीबाट १६ हजार ३ सय ९ र आरडीटीबाट ५५ हजार ९ सय ३० परीक्षण गरिएको उनले बताए। उनका अनुसार २४ घण्टामा थप १ हजार ७ सय ४२ जनामा कोरोना परीक्षण गरिएको छ। जसमध्ये शनिवार सात जनामा कोरोना संक्रमण देखिएको छ।

शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप सात जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमण देखिएकामध्ये तीन जना कोरोनाको हटस्पट भनिएको उदयपुरको भुल्केका हुन्। जसमा १८, ४५ र ६४ वर्षीय महिला रहेको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै, कपिलवस्तुका तीन जना छन्। जसमा १७ र दुई १८ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको हो। एक जना भने पर्सा छपकैया निवासी ६२ वर्षीय पुरुष हुन्।

शुक्रवार बाँकेका एक १६ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको थियो।

हाल १४ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा रहनेको संख्या १४३ जना रहेको छ। देवकोटाका अनुसार ३४० जना रेड जोनमा छन्। 

हालसम्म नेपालमा १०९ जनामा कोरोना संक्रमण भएको छ। जसमध्ये ३१ जना डिस्चार्ज भएर घर फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell