PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

भोलीबाट उपत्यकाभित्र सवारी चलाउन नयाँ व्यवस्था, समय तोकेर चल्न दिइने



पहिलोपोस्ट

भोलीबाट उपत्यकाभित्र सवारी चलाउन नयाँ व्यवस्था, समय तोकेर चल्न दिइने

काठमाडौंः उपत्यकाभित्र आइतवारबाट सवारी गुडाउनको लागि नयाँ व्यवस्था लागु  गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा,प्रहरी कार्यालय रानीपोखरी, तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय प्रमखुको बैठकले अर्को सुचना जारी नभएसम्मको लागि नयाँ व्यवस्था लागु गरेको हो।
 बिहान ६ बजेदेखि उपत्यकाभित्र छिर्ने सबै निर्माण सामाग्री बोकेका सवारीलाई रोक लगाइएको छ। महालबहाक सवारीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यकाभित्रका नाकाबाट प्रवेश पाउने ट्राफिक प्रहरी मशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए।
त्यस्तै सरकारी कार्यालयका कर्मचारी बोकेका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ। 
त्यस्तै बैंक तथा वित्तिय सस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन भने दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell