PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

सेनाका पूर्व सहायक रथी बस्न्यात र पूर्व एआइजी श्रेष्ठ पक्राउ



पहिलोपोस्ट

सेनाका पूर्व सहायक रथी बस्न्यात र पूर्व एआइजी श्रेष्ठ पक्राउ

काठमाडौँः नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ पक्राउ गरेका छन्। शनिवार दिउँसो उनीहरुलाई प्रहरीले महागजगंजबाट नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले लकडाउन उल्लङ्घन गरेको अभियोगमा नियन्त्रणमा लिइएको जानकारी दिए।

भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाएको विरोध गर्न पुगेका उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुसँग अन्य ३० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै प्रहरीले आज दिउँसो विरोधमा माइतघर मण्डलामा उत्रिएका विद्यार्थीहरुलाई पनि नियन्त्रणममा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell