PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

भारतले नेपाली भूमिमा सडक खोलेको विरोधमा धनगढीमा काँग्रेसको प्रदर्शन



एम बम

भारतले नेपाली भूमिमा सडक खोलेको विरोधमा धनगढीमा काँग्रेसको प्रदर्शन

कैलाली : भारतले अतिक्रमित नेपाली भूमिमा मानसरोवर जाने सडक खोलेको विरोधमा धनगढीमा विरोध प्रदर्शन गरिएको छ। नेपाल काँग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो।

विरोधका क्रममा नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले भारतले मिचेको नेपाली भूभाग फिर्ताका लागि पहल गर्न सरकारसंग माग गरे। साथै भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्न समेत सरकारसँग माग गरिएको छ।

‘भारतमा रहेका लाखौ नेपाली लकडाउनका कारण अत्यन्त कष्टपूर्ण जिन्दगी बिताइरहेका छन्,’ उनले भने, ‘नेपालीहरुलाई भोकभोकै मर्न नदिन र उनीहरुलाई तत्काल उद्दार गरी नेपाल ल्याउन सरकारसँग जोडदार माग गदछौं। लाखौ नेपालील कडाउनमा फसेका छन्। उनीहरु खाना नपाएर छटपटिएका छन्, यो देश उनीहरुको पनि हो।’

भारतले नेपाली भूमि भएर मानसरोवर जाने सडकको हिजो भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell