A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69976f739f9fc2.99040441): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69976f739f9fc2.99040441,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69976f739fe9d2.67538573): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69976f739fe9d2.67538573,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69976f73a35482.25550557): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69976f73a35482.25550557,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

लिपुलेकमा सडक विस्तारबारे भारतको जवाफ, 'नेपालको विरोधपत्र देखेका छौँ, सडक बनेको भूभाग हाम्रै हो'
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

लिपुलेकमा सडक विस्तारबारे भारतको जवाफ, 'नेपालको विरोधपत्र देखेका छौँ, सडक बनेको भूभाग हाम्रै हो'



पहिलोपोस्ट

लिपुलेकमा सडक विस्तारबारे भारतको जवाफ, 'नेपालको विरोधपत्र देखेका छौँ, सडक बनेको भूभाग हाम्रै हो'

काठमाडौं : भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडकलाई फेरि ‘आफ्नै भूभाग’ भएको बताएको छ। भारतले लिपुलेक हुँदै सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको थियो।

परराष्ट्र मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै सुगौली सन्धिमा महाकाली नदीको पूर्वक्षेत्र नेपालको भएको प्रष्ट रुपमा उल्लेख गरेको स्मरण गराउँदै सडक बनाएकोमा आपत्ति जनाएको थियो।

भारतले सडक बनाएको विषयलाई नेपालले विरोध गरेको भन्दै पत्रकारहरुको जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ताले सडक बनेको स्थान भारतकै रहेको दावी गरेका हुन्। 

एक विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘सडक निर्माण गरिएको बारेमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस रिलिज हामीले देखेका छौं। भर्खरै उद्घाटन गरिएको उत्तराखण्डको पिथोराघर्र जिल्लामा पर्ने सडक भारतको भूमी हो। उक्त सडकखण्ड पहिला देखि नै कैलाश मान सरोवर यात्राका लागि प्रयोग हुँदै आइरहेको छ। हालको प्रोजेक्टमा त्यही सडकलाई तीर्थयात्री, स्थानीय र व्यापारीहरुलाई सहज हुने गरी निर्माण गरिएको हो।’

नेपालले भारतको एकपक्षीय कदम दुई देशका प्रधानमन्त्री बीचमा भएको समझदारीको विरुद्धमा भएको बताइरहँदा भारतले भने दुई देशबीच सीमाको विषयमा वार्ता गर्न  छुट्टै संयन्त्र निर्माण भएको बताएको छ।

‘नेपालसँग सीमाका विषयमा छलफल चलिरहेको छ। कुटनीतिक वार्ताबाट सीमा विवाद टुंग्याउन भारत प्रतिबद्ध छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

केही महिनाअघि भारतले नेपालको क्षेत्रमा पर्ने कालापानी लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा समेटेको थियो। त्यसबेला पनि नेपाल सरकारले भारतको उक्त कार्यको विरोध गरेको थियो। तर, हालसम्म दुई देशबीच यस विषयमा उच्च स्तरमा वार्ता भने हुन सकेको छैन।

भारतले भने कोरोनाको संक्रमण सकिएसँगै परराष्ट्र सचिव स्तरको बैठकको मिति तय हुने बित्तिकै सीमा विवादमा छलफल हुने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell