PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

कोरोना संक्रमितको सङ्ख्या १ सय १० पुग्यो : भुल्केमा थप एक महिलामा कोरोना पोजेटिभ



पहिलोपोस्ट

कोरोना संक्रमितको सङ्ख्या १ सय १० पुग्यो : भुल्केमा थप एक महिलामा कोरोना पोजेटिभ

काठमाडौँ : नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतवार स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले उदयपुरको भुल्केमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छ।

कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणमा भुल्केकी ४३ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको सङख्या १ सय १० पुगेको छ।

अहिलेसम्म सबैभन्दा धेरै संक्रमित भुल्केमा नै भेटिएका हुन्। शनिवारमात्र भुल्केमा तीन जना कोरोना पोजेटिभ देखिएको थियो। यससहित उदयपुरको भुल्केमा मात्र ३२ जना संक्रमित भेटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell