PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

विश्वभर ४० लाख संक्रमित भेटिँदा एक तिहाई अमेरिकामा मात्रै



पहिलोपोस्ट

विश्वभर ४० लाख संक्रमित भेटिँदा एक तिहाई अमेरिकामा मात्रै

संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ९ हजार १ सय ५९ पुगेको छ। विश्वभर कोभिड १९ का संक्रमितको संख्या ४० लाख २३ हजार २ सय १८ पुग्दा अमेरिकामा मात्रै झन्डै एक तिहाईमा संक्रमण देखिएको हो।

कोरोनाका कारण अमेरिकामा अहिलेसम्म ७८ हजार ७ सय ९२ जनाले ज्यान गुमाइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ।

बेलायतमा २ लाख १६ हजार ५ सय २५ जना संक्रमित देखिएका छन्। त्यहाँ ३१ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ। त्यसैगरी इटालीमा मर्नेहरुको संख्या ३० हजार ३ सय ९५ पुगेको छ। त्यहाँ अहिलेसम्म २ लाख १८ हजार २ सय ६८ जनामा संक्रमण देखिएको छ।

स्पेनमा कोरोनाका कारण मर्नेको संख्या २६ हजार ४ सय ७८ पुगेको छ। यहाँ संक्रमितको संख्या २ लाख २३ हजार ५ सय ७८ छ।

त्यसैगरी रसियामा १ लाख ९८ हजार ६ सय ७६ जनामा संक्रमण देखिएको छ। संक्रमणको तुलनामा यहाँको मृत्युदर भने कम छ। यहाँ १ हजार ८ सय २७ जनाको मृत्यु भएको छ।

अर्को प्रभावित मुलुक फ्रान्समा १ लाख ७६ हजार ७ सय ८२ जनामा संक्रमण देखिएको छ। त्यहाँ २६ हजार ३ सय १३ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा संक्रमितको संख्या १ लाख ७१ हजार ३ सय २४ देखिएको छ। अन्य युरोपेली मुलुकको तुलनामा यहाँ मृत्यु हुनेको संख्या कम छ। यहाँ अहिलेसम्म ७ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ।

ब्राजिलमा १० हजार ६ सय ५६ जनाको मृत्यु भएको छ। त्यहाँ १ लाख ५६ हजार ६१ संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell