PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

निर्माता करिम मोरानीकी छोरी जोआले कोरोना उपचार पछि प्लाज्माथेरापी परीक्षणका लागि गरिन् रक्तदान



पहिलोपोस्ट

निर्माता करिम मोरानीकी छोरी जोआले कोरोना उपचार पछि प्लाज्माथेरापी परीक्षणका लागि गरिन् रक्तदान

बलिउडका निर्माता करिम मोरानीकी छोरी जोआ मोरानीले प्लाज्माथेरापी परीक्षणका लागि आफ्नो रगत दान गरेकी छिन्। उनले मुम्बईको नायर अस्पतालमा कोभिड १९ को उपचार परीक्षणका लागि रक्तदान गरेकी हुन्।

जोआ कोरोनाभाइरसबाट मुक्त भएकी हुन्। उनले हालैमात्र बाबु करिम र बहिनी साहेजासहित रक्तदान गरेको फोटो सोसल मिडियाबाट सार्वजनिक गरेकी हुन्। उनले आफूजस्तै कोरोना मुक्त भएकाहरुलाई पनि रक्तदान गर्न आह्वान गरेकी छिन्।

 

'प्लाज्माथेरापी परीक्षणका लागि मैले नायर अस्पतालमा आज रक्तदान गरेँ,' उनले इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छिन्। उनले अस्पतालका चिकित्सकहरुलाई धन्यवाद दिएकी छिन्।

उनले रक्तदान गर्दा प्रमाणपत्र र ५ सय रुपैयाँ पनि पाएको सार्वजनिक गर्दै त्यसले उनलाई 'सुपर कुल' अनुभूति गराएको लेखेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell