PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

घरायसी विवादमा श्रीमानले गरे कान्छी श्रीमतीको हत्या



पहिलोपोस्ट

घरायसी विवादमा श्रीमानले गरे कान्छी श्रीमतीको हत्या
प्रतिकात्मक तस्बीर

चितवनः घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका ९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालले राति ९ बजेर ४५ मिनेटको समयमा घटना भएको जानकारी दिए। हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ।

परीक्षणका लागि शवलाई भरतपुर अस्पताल ल्याइएको छ। निजका दुई श्रीमती रहेको जनाइएको छ। मञ्जु कान्छी हुन्। घटनाको अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell