PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

'नेपाली भूमि मिचेर सडक बन्दा पनि भारत चिढिन्छ भनेर सरकार चुप लाग्यो'



कुञ्जरमणि भट्टराई

'नेपाली भूमि मिचेर सडक बन्दा पनि भारत चिढिन्छ भनेर सरकार चुप लाग्यो'

काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले सरकार कहाँ छ भन्दै प्रश्न गरेका छन्। भारतले दार्चुलामा नेपाली भूमिबाट बाटो बनाएर चीनको तिब्बत जोड्ने सडक उद्घाटन गरेको विषयमा उनीहरुले सरकारले के गरिरहेको छ भन्दै प्रश्न गरेका हुन्।

समिति सदस्य डिला संग्रौलाले नेपाली भूमिमाथि अतिक्रमण भइरहँदा सरकारले के गरिरहेको छ भन्दै प्रश्न गरिन्।

'सडक निर्माण भयो। यो तत्काल निर्माण भएको होइन, सरकार कहाँ छ?,' संग्रौलाले सरकारमाथि प्रश्न गर्दै भनिन्, 'भारत चिडिन्छ भनेर चुपचाप लाग्ने, प्रतिक्रिया नदिने?'

उनले भूमि फिर्ताका लागि दुई देशका प्रधानमन्त्रीबीच वान टू वान वार्ता हुनुपर्ने बताइन्। यसलाई अन्तर्राष्ट्रियकरण गर्न समेत उनले माग गरिन्। 'पछि हट्न हुँदैन। प्रतिपक्ष र जनता साथमा छ,' उनले भनिन्।

कांग्रेसका अर्का सांसद दिलेन्द्र बडूले पनि सरकारले गम्भीर पहल नगरेको आक्षेप लगाए। कालापानीको विषय वार्ताको चरणमा रहेको उल्लेख गर्दै उनले एकातर्फी रुपमा भारतले राजनीतिक नक्सा प्रकाशित गरेको जनाए।

'सरकारले गम्भीर पहल गरेको देखिएन। प्रधानमन्त्रीको जवाफ गाम्भीर थिएन,' बडूले भने, 'सरकार गम्भीर हुन सकेन। सरकार बेखबर नै देखियो। के सडकबारे जानकारी थिएन?'

उनले सरकारबाट कुटनीतिक नोट नगएको भन्दै सरकार बेखर बस्नु आपत्तीजनक रहेको बताए। यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको माग थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell