PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

गृहमन्त्री बादल भन्छन् : समस्या ६ दशक अघिदेखिको, कुटनीतिक पहलबाटै खोजिनुपर्छ समाधान



पहिलोपोस्ट

गृहमन्त्री बादल भन्छन् : समस्या ६ दशक अघिदेखिको, कुटनीतिक पहलबाटै खोजिनुपर्छ समाधान

काठमाडौं : भारतले दार्चुलामा नेपाली भूमिबाट चीनको तिब्बत जोड्ने सडकको विषयमा गृहमन्त्री रामबहादुर थापा बादलले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जवाफ दिएका छन्।

भारतले मानसरोवर जाने सडक उद्घाटन गरेपछि अतिक्रमणको विवादले सिङगो देश तरंगति भएको भन्दै गृहमन्त्री थापाले ६ दशकदेखिको समस्याको अब कुटनीतिक रुपमा नै समधान खोजिनुपर्ने बताएका छन्।

'पहिले पनि हामीले यस विषयलाई उठाउँदै आएको हो। सरकारले विरोध गरिरहेको छ। यसलाई कुटनीतिक रुपमा समधान खोजिनुपर्छ। छिटो भन्दा छिटो कुटनीतिक सम्वादबाट हल गर्नुपर्छ,' गृहमन्त्री थापाले भने।

त्यस्तै सीमा सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ गर्ने तयारी समेत भइरहेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell