PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

अनलाइन टुर्नामेन्ट ट्रेन्ड : जेठमा राष्ट्रव्यापी अनलाइन काता प्रतियोगिता



पहिलोपोस्ट

अनलाइन टुर्नामेन्ट ट्रेन्ड : जेठमा राष्ट्रव्यापी अनलाइन काता प्रतियोगिता
कराते अभ्यास गर्दै खेलाडी। फाइल फोटो

काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको बढ्दो प्रकोपसँगै खेलकुद गतिविधि रोकिएका छन्। यद्यपि विकल्पका रुपमा अनलाइनबाट खेल खेलाउने ट्रेन्ड भने बढेको छ। पछिल्लो समय विश्वमा चेस, तेक्वान्दोलगायतका खेलहरु अनलाइनबाट खेलाउन शुरु गरिएको छ।

नेपालमा पनि यहीँ जेठ १ र २ गते प्रथम राष्ट्रव्यापी अनलाइन काता प्रतियोगिता आयोजना हुने भएको छ। कराँतेको कातामा सहभागी हुने खेलाडीहरुले काताको भिडियो पठाउने र निर्णायकले भिडियोका आधारमा मूल्याङ्कन गर्ने गरी तयारी गरिएको आयोजक शंखडोल डोजोले जनाएको छ। त्यस्तै प्रदर्शनको मूल्याङ्कन सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठले गर्नेछन्।

शंखडोल डोजोका प्रमुख तथा राष्ट्रिय रेफ्री शिवराम करान्जितले खेलाडीहरु पछिल्लो समय फुर्सदमा रहेकाले प्रतियोगिता आयोजना गरेको बताए।

'कोरोनाको बढदो संक्रमण र लकडाउनले खेलाडीहरु फुर्सदमा हुनुहुन्छ। र खेलाडीहरुलाई अलि एक्टिभ बनाउनका लागि अनलाइन काता प्रतियोगिता आयोजना गरेका हौं,' डोजोका प्रमुख करान्जितले भने, 'खेलाडीहरुले भिडियो पठाउने छ। र, सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठले मूल्याङ्कन गर्नुहुने छ।'

करान्जितले खेलाडीहरु सम्पर्कमा आइरहेकाले कति खेलाडी सहभागी हुने भन्ने निर्क्योल भइनसकेको जानकारी दिए।

तेक्वान्दोमा पनि विश्व च्यम्पियनसिपमा सहभागी हुने

४ मेबाट शुरु भएको पहिलो अनलाइन डेडो ओपन युरोपियन पुम्से च्याम्पियसिपमा पाँच नेपाली खेलाडीले सहभागिता जनाएका थिए। जसमध्ये तीन खेलाडीले सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए।

फेरि पनि फ्रान्समा मे १० देखि १५ सम्म आयोजना हुने विश्व पुम्से च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले दर्ता प्रकृया पुरा गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell