PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

लिपुलेकबारे त्रिदेशीय छलफल गर्नुपर्ने प्रचण्डको भनाइ



पहिलोपोस्ट

लिपुलेकबारे त्रिदेशीय छलफल गर्नुपर्ने प्रचण्डको भनाइ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिपुकेका विषयमा त्रिदेशीय छलफल गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रचण्डले सीमा विवादका विषयमा चीन सरकारसँग पनि छलफल गर्नुपर्ने बताए। उनले बाटो प्रकरणसम्म पुग्दा नेपाल, भारत र चीन त्रिदेशीय छलफल गर्नुपर्ने बेला आएको बताए।

उनले भने, 'कालापानीमा भारतीय सेना बसेको अहिले होइन। ६०-६५ वर्ष अघिदेखि हो। अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लैजाने बेला भयो कि भएन अझै सोचौं।' यस विषयलाई कुटनीति रुपमा सुल्ट्याउनुपर्ने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell