PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सरकारसँग भीम रावलको प्रश्न : नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई कस्ले रोक्यो?



पहिलोपोस्ट

सरकारसँग भीम रावलको प्रश्न : नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई कस्ले रोक्यो?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सांसद भीम रावल भारतले सीमा अतिक्रमण गरेको भन्दै त्यसको कडा शब्दमा निन्दा गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा उनले भारतले सीमा मिचेर सडक बनाउनु अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताए। त्यसैगरी उनले आफ्नै दल नेतृत्वको सरकारको पनि आलोचन गरेका छन्। उनले सरकारले नेपालको सीमा सहितको नक्सा जारी नगरेकोमा आपत्ती जनाए।

'भारतले सीमा मिचेका विषयमा सबै नेपालीका तर्फबाट निन्दा गर्न चाहन्छु। यो अन्तर्राष्ट्रिय कानुनको विरुद्ध छ। नेपालको नक्सा जारी गर्न सरकारलाई कसले रोक्यो? उनले प्रश्न गरे।

प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांश सांसदहरुले भारतले नेपालको भूमि मिचेर तिब्बत जाने बाटो बनाएको भन्दै आपत्ती जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell