PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

लिपुलेकको विषयमा बोल्यो कांग्रेस : सीमा विवादमा वक्तव्यमात्रले हुँदैन



पहिलोपोस्ट

 लिपुलेकको विषयमा बोल्यो कांग्रेस : सीमा विवादमा वक्तव्यमात्रले हुँदैन

काठमाडौं : नेपाली कांग्रेसले सीमा विवादका विषयमा सरकारले केवल वक्तब्य निकाल्नु दु:खद् भएको जनाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले निकालेको प्रेस विज्ञप्तिमा नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सीमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद् भएको उल्लेख छ।

'राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा नेपाली कांग्रेस विगत देखि नै निरन्तर प्रष्ट छ,' विज्ञप्तिम भनिएको छ, ' नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनीतिक पहलकदमी मार्फत् समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा नेपाली कांग्रेसको सम्पूर्ण साथ सरकारको साथमा रहनेछ।'

सुशील कोइरालाको नेतृत्वको सरकारले दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको पनि विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell