PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

त्यो वर्थ डे पार्टी जुन बन्यो ४५ जनामा कोरोना सल्काउने ट्रिगर



पहिलोपोस्ट

त्यो वर्थ डे पार्टी जुन बन्यो ४५ जनामा कोरोना सल्काउने ट्रिगर

हैदरावाद : एकजना पसल संचालकले आयोजना गरेको आफ्नो वर्थ डे पार्टीले हैदरावादको कोरोनाको हटस्पट बनेको एलबी नगरमा ४५ जनालाई संक्रमित गराउने मुख्य भूमिका खेलेको खुलासा भएको छ।

पसल संचालकले वनस्थलीपुरममा आयोजना गरेको जन्मदिनको पार्टीबाट कोरोना फैलिँदा ४५ जना त्यसको चपेटामा परेका हुन्। जसको जन्मदिन मनाइएको थियो, तिनै व्यवसायी कोरोनाबाट संक्रमित रहेछन्। दुई जनाबाट सुरु एलबी नगरमा कोरोना संक्रमण शनिवारमात्रै १५ जना संक्रमित थपिए।

कोभिड १९ पुष्टि भएका ४५ जनामध्ये २५ जना त दुई पसल संचालकका परिवारमात्रै छन्। दुवैको मलेकपेटगञ्जमा पसल रहेको र उनीहरुबाट कामदार र परिवारका सदस्यमा कोरोना विस्तार भएको देखिएको छ। यी दुवैका साथीहरु निर्वाधरुपमा आउजाउ गरिरहन्थे। सुरुमा परिवारका सदस्यमा ज्वरो देखियो पछि वर्थ डेमा सहभागीहरुमा संक्रमण पुष्टि भयो।

एलबी नगरमा सोडियम हाइपोक्लोराइड छरिएको छ। कोरोनाको संक्रमणको सुरुवाती अवस्था पहिचान गर्दा वर्थ डे पार्टी भेटिनुका साथै उनीहरुको आउजाउलाई ध्यानमा राख्दै स्पे गरिएको हो।

कोभिड १९ पोजेटिभ देखिएकालाई अस्पताल पुर्‍याइएको छ। एलबी नगरमा मात्र कोरोनाको ५७ केस देखिएको छ। जसमध्ये ७ जना ठीक भएका छन्। ५७ जनामा एकैपटक संक्रमण देखिएको चाहिँ होइन। संक्रमणको सुरुवाती विन्दु पहिचानका क्रममा ठोक्किएका छन् तिनै दुई पसले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell