PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

पूर्वसभामुख महरा सांसदको हैसियतमा पुन: संसदमा, बलात्कार मुद्दामा अदालतले दिएको थियो सफाइ



पहिलोपोस्ट

पूर्वसभामुख महरा सांसदको हैसियतमा पुन: संसदमा, बलात्कार मुद्दामा अदालतले दिएको थियो सफाइ

काठमाडौं: पूर्वसभामुख कृष्णबहादुर महरा संसदको बजेट अधिवेशनमा सहभागी भएका छन्।

बलात्कारको अभियोग लागेका महरा अदालतले सफाई दिएपछि शुक्रवारदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनमा सहभागी हुन थालेका हुन्। उनले सांसद भएवाफत आफूले पाउने सेवा सुविधा लिइसकेका छन्।

संसदकी एक महिला कर्मचारीले गत वर्षको असोज १२ गते महरालाई बलात्कारको आरोप लगाएकी थिइन्। बलात्कारको आरोप लाग्दा पाँच महिना कारागारमा विताएका महरा फागुन ५ गते रिहा भएका थिए।

आरोप लाग्दा सभामुखबाट पदबाट बाध्य भएर राजीनामा दिएका महरा अदालतबाट सफाई पाएपछि सांसदको हैसियतमा पुन: संसद भवन छिरेका हुन्।

बलात्कारको आरोप लागे पनि महरा आफूलाई षडयन्त्रपूर्वक फसाइएको दावी गर्दै आएका छन्। सफाइ पाएपछि उनले लामो समय दाङस्थित आफ्नो निर्वाचन क्षेत्रमा विताएका थिए।

महराले केही दिनअघि नेकपामा देखिएको विवादलाई लिएर चिन्ता व्यक्त गर्दै सांसदका हैसियतमा विज्ञप्ति समेत जारी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell