PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

सिंहदरवार अगाडि प्रहरीलाई कुटपिट गर्ने चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न अनुमति



पहिलोपोस्ट

सिंहदरवार अगाडि प्रहरीलाई कुटपिट गर्ने चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : शुक्रवार सिंहदरवार अगाडि प्रहरीमाथि अभद्र व्यवहार गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतवार १० दिन हिरासतमा राख्न अनुमित दिएको हो।

चीन पठाउन माग गर्दै दिउँसो सिंहदरबार छिर्न खोजेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको थियो। केही चिनियाँ नागरिकले प्रहरीमाथि आक्रमण गरेका थिए। प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई अभद्र व्यवहारमा कारबाही अगाडि बढाएको छ।

'दश दिन हिरासत राख्ने अनुमति पाएका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

 झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतसहित केही चिनियाँ नागरिक घाइते भएका थिए।

शुक्रवार नियन्त्रणमा लिएका ४६ जना मध्ये बाँकीलाई भने प्रहरीले छोडिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell