PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

निको भएकाले कोरोना सार्ने कुरा मिथ्या होः मन्त्रालय



पहिलोपोस्ट

निको भएकाले कोरोना सार्ने कुरा मिथ्या होः मन्त्रालय

काठमाडौँः कोरोना संक्रमणपछि निको भएर घर फर्किएकालाई मानवीय व्यवहार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। निको भएर फर्किएकालाई विभेद भएको पाइएको भन्दै मन्त्रालयले सचेत गराएको हो।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितलाई समाजमा विभेद गरिएको जानकारी आएको बताए।

'निको भएर घर फर्किएकालाई अलग राखेको सुनेका छौँ। घरमा, समाजमा छिर्न नदिने गरेको सुनेका छौँ' उनले भने।

निको भएका संक्रमितले कोरोना सार्ने कुरा गलत भएको देवकोटाले बताए।

'निको भएकाले रोग सार्न सक्दैनन्। समाजमा चलेको ह्ल्ला मिथ्या हो। आधिकारिक जानकारी लिन अनुरोध गर्छौँ', देवकोटाले भने।

हालसम्म ११० जना संक्रमित छन्। ३१ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता देवकोटाले बालबालिकालाई बालमैत्री आइसोलेसनमा  राख्न अनुरोध पनि गरेका छन्। नेपालमा दुई महिनाको शिशुमा पनि संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell