PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

कोरोना अपडेटः २४ घण्टामा एक हजार ३१६ को परीक्षण, थपिएनन् नयाँ संक्रमित



पहिलोपोस्ट

कोरोना अपडेटः २४ घण्टामा एक हजार ३१६ को परीक्षण, थपिएनन् नयाँ संक्रमित

काठमाडौँः नेपालमा ७३ हजार ५५५ जनाको कोरोना परीक्षण भएको छ। पीसीआरबाट १६ हजार ८९८ र ५६ हजार ५५० आरडिटीबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा एक हजार ३१६ को परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

हालसम्म क्वारेन्टाइनमा १३ हजार ६२५ र आइसोलेसनमा १६४ जना छन्। ३४ हजार २५७ ले स्वमूल्याङ्कनमार्फत कोरोना जाँच गरेको मन्त्रालयले जनाएको छ।

हालसम्म ११० जना कोरोना संक्रमित छन्। त्यसमध्ये ७८ पुरुष र ३२ महिला छन्। ३१ जना निको भएर घर फर्किँदा ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell