PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

भारतले मिचेको भूमि फिर्ता गर्न मागसहित संसदमा संकल्प प्रस्ताव दर्ता



पहिलोपोस्ट

भारतले मिचेको भूमि फिर्ता गर्न मागसहित संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौँः भारतले नेपालको चार सय बर्ग किलोमिटरभन्दा बढी भूभाग मिचेको भन्दै उक्त भूमि फिर्ता ल्याई प्रशासनिक उपस्थितिको माग गर्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। 

नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु गणेश ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमारी पहाडी, रामकुमार झाँक्री र जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले उक्त प्रस्ताव दर्ता गरेका हुन्। 

अन्तर्राष्ट्रिय सीमा निर्धारण सन्धि, सम्झौताहरु भएको र सुगौली सन्धिले उक्त भूभाग नेपालको भएको स्पष्ट गरेको प्रस्तावमा उल्लेख छ।

प्रस्तावमा भारले मिचेको भूभाग फिर्ता ल्याई नेपालले आफ्नो प्रशासनिक तथा राजनीतिक उपस्थिति जनाउनुपर्ने निर्देशनको माग गरिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell