PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सत्तारुढ दलको भातृ संगठनको परराष्ट्रमन्त्रीसँग माग, 'सिमानामा काँडेतार लगाऔँ, सुरक्षा फौज खटाऔँ'



पहिलोपोस्ट

सत्तारुढ दलको भातृ संगठनको परराष्ट्रमन्त्रीसँग माग, 'सिमानामा काँडेतार लगाऔँ, सुरक्षा फौज खटाऔँ'

काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियु र युवा संघले भारतले निर्माण गरेको लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक विस्तार तत्काल रोक्न माग गरेको छ।

अनेरास्ववियू र युवा संघले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै सडक निर्माण रोक्न र मिचिएको भूमि फिर्ताको पहल गर्न माग गरेको हो।

सिमानामा सुरक्षा फौज खटाउन र काँडेतार लगाउन पनि माग गरिएको छ।

ज्ञापनपत्रमा भनिएको छ, 'सिमाना रक्षाका लागि सुरक्षा फौज राख्न, काँडेतार लगाई घेरावार गर्न, सीमा सम्बन्धी समस्या दीर्घकालीन रुपमा हल गर्नका लागि उच्च तहबाट निर्णायक पहल लिन सरकारसँग अनुरोध गर्दै यो ज्ञापनपत्र पेस गर्दछ।'

विश्व कोरोना भाइरसले आक्रान्त भएको सयम छोपेर इतिहासका तथ्य तथा प्रमाणहरुलाई कुल्चेर छिमेकीले विस्तारवादी रवैया देखाएको ज्ञापनपत्रमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell