एक्सन, कमेडी र सस्पेन्सका लागि दक्षिण भारतीय फिल्म उद्योग चर्चित छ। साउथ फिल्मको लगानी प्राय फाइटमा बढी केन्द्रीत हुँदै आएको छ।
यसैक्रममा साउथ स्टार अल्लू अर्जुनको आगामी फिल्म 'पुष्पा'मा २ घण्टाको फिल्ममा मात्र ६ मिनेटको एक्सन दृश्यका लागि ६ करोड रुपैयाँ खर्च हुने भएको छ।
फिल्मको एक एक्सन सिक्वेन्सको ६ मिनेटको सीनका लागि ६ करोड रुपैयाँ खर्च हुने फिल्म युनिटले बताएको छ। यो पूर्णरुपमा 'मेक इन इण्डिया' माथि आधारित छन्। जसको उद्देश्य उद्योगका लागेका मानिसलाई रोजगारी दिने कथा सम्बन्धी जोडिएको छ।
साउथ स्टार अल्लूले आफ्नो जन्मदिनमा यो फिल्मको घोषणा गरेका थिए। पोस्टर पनि सार्वजनिक गरिएको थियो। यो फिल्म तमिल, हिन्दीसहित ५ भाषामा बनिरहेको छ।