PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कोरोना भाइरस प्रतिकार्यका लागि कर्णाली सरकारले खटायो २७ स्थानमा चिकित्सकसहितको टोली



पी बी खड्का

कोरोना भाइरस प्रतिकार्यका लागि कर्णाली सरकारले खटायो २७ स्थानमा चिकित्सकसहितको टोली
फोटो : लोक राना

सुर्खेत : कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण र उपचारका लागि कर्णाली प्रदेश सरकारले प्रदेशका दश जिल्लाका विभिन्न स्थानमा चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।

प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई सडक सञ्जालको सहज पहुँच नभएको डोल्पा र हुम्लामा हेलिकप्टरबाट पठाएको हो भने अन्य जिल्लाहरुमा स्थलमार्गबाट गरी २७ स्थानमा स्वास्थ्यकर्मीको टोली पठाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

दैलेखमा २, डोल्पामा तीन, हुम्लामा ५, जाजरकोट २, जुम्ला १, कालिकोट ४, मुगु ३, रुकुमपश्चिम २, सल्यान ३, सुर्खेतको दुई स्थान गरी २७ स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको हो।

मन्त्रालयका अनुसार यसरी पठाईएका स्वास्थ्यकर्मी एक महिनाका लागि तोकिएका स्थानमा रहेर कोरोना भाइरस प्रतिकार्यका लागि परीक्षणको कामसँगै उपचारमा तिव्रता दिने छन्।

सामाजिक विकास मन्त्री दल रावलका अनुसार भारतलगायत तेस्रो मुलूक र संक्रमित जिल्लाबाट आएका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर स्वाब संकलन गरेर परीक्षण गरिने छ।

आरटी पिसिआर परीक्षणका लागि प्रदेशको सवै वडाहरुमा सामुहिक दश जनाको स्वाब संकलन गरी नमूना परीक्षण गरिने छ। सामुहिक परीक्षणको नतिजाको आधारमा आवश्यक सुरक्षा सर्तकता अपनाईने छ भने, कतिपय स्थान खुकुलो बनाएर सबै गतिविधि हुने गरी काम गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell