
सुर्खेतः कर्णालीको प्रदेश सभाको अधिवेशन जेठ ११ गतेबाट आह्वान गर्न सिफारिस भएको छ। प्रदेश मन्त्रिपरिषदले बजेट अधिवेशन जेठ ११ गतेबाट बोलाउन सिफारिस गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनाएको छ।
विषयगत मन्त्रायलयले एक साताअघिदेखि नीति तथा कार्यक्रम र बजेटको गृहकार्य गरिरहेका छन्। प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ।