PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सीमा विवादमा अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षणका लागि पहल गर्न राप्रपाको माग



रासस

सीमा विवादमा अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षणका लागि पहल गर्न राप्रपाको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले वार्ताबाट समस्या समाधान गर्ने तथा नेपाली भूमिबाट आफ्ना सेना फिर्ता लैजानाको सट्टा भारतले लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रमा एकपक्षीय ढंगबाट सडक बनाई देखाएको मिचाहा प्रवृत्तिको भर्त्सना गरेको छ।

राप्रपाका अध्यक्षत्रय प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापाले आज संयुक्त विज्ञप्ति जारी गरी तत्काल कूटनीतिक वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै भारत सरकारलाई पत्राचार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।

उनीहरुले यस विषयमा राष्ट्रिय सहमतिका आधारमा भावी रणनीति तयार गर्नका लागि सर्वदलीय बैठक अविलम्ब बोलाउन र अन्तर्राष्ट्रिय क्षेत्रको समेत ध्यानाकर्षणका लागि आवश्यक पहल गर्न नेपाल सरकारसँग अनुरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell