PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

उपत्यकाभित्र सवारीको चाप बढेपछि प्रहरीले भन्यो : अनावश्यक मानिसहरू ननिस्कनुहोला, नत्र कारबाही



पहिलोपोस्ट

उपत्यकाभित्र सवारीको चाप बढेपछि प्रहरीले भन्यो : अनावश्यक मानिसहरू ननिस्कनुहोला, नत्र कारबाही

काठमाडौँः आइतवार काठमाडौँ उपत्यकाभित्र सवारीको चाप लकडाउनपछि सबैभन्दा धेरै देखियो। सर्त सहित सरकारले विभिन्न उद्योग,कृषि, बैङ्क तथा वित्तीय संस्था आदि खुलेपछि मानिसको चहलपहल देखिएको थियो। यसैको मौका छोपेर  मानिसहरू समेत निस्किएको पाइएको छ। प्रहरीले यसरी निस्किएमा मानिसलाई कारबाही गरेको छ।

'लकडाउन खुलिसकेको छैन। सर्त सहित केही व्यवसायहरूलाई सहजीकरण मात्र गरेका हौँ। त्यसैले अनावश्यकरुपमा मानिसहरू ननिस्किनु होला। तपाईँ कारबाहीको भागीदार बन्नु नपरोस्,' महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।

बिहान ६ बजेदेखि उपत्यकाभित्र छिर्ने सबै निर्माण सामाग्री बोकेका सवारीलाई रोक लगाइएको छ। मालवाहक सवारीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रवेश पाउने छन्।

त्यस्तै, सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ। त्यस्तै बैङ्क तथा वित्तीय संस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन भने दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ। आइतवार सडकमा जाम नै हुने गरि सवारी गुडे।' यो आफ्नो सुरक्षाको लागि पनि हो। जति लकडाउन खुकुलो र भीड हुन्छ त्यति नै सवाधानी अपनाउनु पर्ने देखिन्छ।' डिआइजी पोखरेलले भने।

तर एकै समयमा मानिसको चाप सडकमा देखिने र ट्राफिक प्रहरीलाई समेत चेक गर्न समस्या हुँदा अन्य मानिसहरू पनि यही मौका छोपेर सडकमा निस्किने गरेको पाइएको छ। त्यस्तै प्रहरीले उपत्यकाभित्रिने नाकामा कडाइ गरेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell