PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मनमोहन सिंह अस्पताल भर्ना



पहिलोपोस्ट

मनमोहन सिंह अस्पताल भर्ना

नयाँ दिल्ली : भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। ८७ वर्षीय उनको मुटुमा समस्या देखिएकाले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)को कार्डियो थोराटिक वार्डमा उपचार भइरहेको छ।

'उहाँको सबै अवस्था ठीक देखिएको छ। उहाँ अहिले अब्जर्वेसनमा हुनुहुन्छ,' एम्स स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ। डाक्टर नितिश नाइकको नेतृत्वमा उनको उपचार भइरहेको छ।

हिजो राति पौने ९ बजे उनलाई अस्पताल लगिएको बताइएको छ।

'उहाँको अवस्था ठीक छ। अघिल्लो दिन दिइएको औषधीले साइड इफेक्ट हुने गरी ज्वरो आयो त्यसैले उहाँलाई अस्पताल लगिएको हो,' पूर्व प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

उनी अस्पताल भर्ना भएको खबर लगत्तै कांग्रेस तथा अन्य दलका नेताहरुले पनि उनको स्वास्थ्य लाभको कामना गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell