PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

मकैबारीमा शव फेला, हत्याको आशंका



पहिलोपोस्ट

मकैबारीमा शव फेला, हत्याको आशंका
प्रतिकात्मक

महोत्तरीः महोत्तरीको गौशाला नगरपालिका ४ बिर्तामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन्। बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक प्रकास रेग्मीले जानकारी दिए।

मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ। यस आधारमा कसैले हत्या गरेर फाँलेको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए।

बिहानभरि आफ्नै बस्ती वरिपरि देखिएका ठाकुर मध्याह्नपछि कहाँ कसको बोलावटमा गएका थिए यसको खोजी गरिने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell